पत्रकारलाई गोली ठोक्छु भनेपछि…

appharu
0
Shares


हेटौंडाका सञ्चारकर्मीलाई गोली ठोक्छु भन्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।


मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा एक महिना अघि निर्माण सम्पन्न गरिएको स्ल्याब ढलान काम नलाग्ने गरी भत्किएको विषयमा समाचार लेखेकै आधारमा निर्माण उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद घिमिरेले मकवानपुरबाट प्रकाशित हुने ‘तु खबर डट कम’का समाचार प्रमुख बलराम पुडासैनीलाई फोनमार्फत अश्लिल शब्दका साथ ज्यान मार्ने धम्की दिएका थिए ।

सञ्चारकर्मी बलराम पुडासैनीलाई मकवानपुरगढी वडा नम्बर ३ का रामप्रसाद घिमिरेले गोली ठोक्छु भनेका थिए ।


ज्यान मार्ने धम्की दिएपछि पुडासैनीले स–प्रमाण जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आज ९बुधबार०जाहेरी दिएका छन् ।
जाहेरीको आधारमा घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिई कानूनी कार्बाहीका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

३ नम्बर प्रदेश सरकारको अनुदान सहयोगमा गढी गाउँपालिका वडा नम्बर ३ मा ५० लाखको लागतमा केही समयअघि निर्माण भएको स्ल्याब ढलान निर्माणमा लापरवाही गरेको, कमसल सामग्री प्रयोग गरिएकाले विभिन्न स्थानमा भाँसिएर सवारी साधनसमेत चल्न नसक्ने अवस्थामा छ । यस विषयमा ‘तु खबर डट कम’ले हिजो समाचार प्रकाशन गरेको थियो ।
यस विषयमा पत्रकार महासंघ मकवानपुरले सञ्चाकर्मीलाई धम्की दिनु निन्दनीय भएको र दोषी उपर कानूनी कार्वाहीको माग गर्दै विज्ञप्ति समेत प्रकाशन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?