फेरि सञ्चालनमा आयो बन्द विराटनगर जुट मिल

विराटनगर, ११ मंसिर – विराटनगर रानीस्थित विराटनगर जुट मिल्स सञ्चालनमा ल्याइएको छ २०७२ साल भदौ यता बन्द रहेको जुट मिल नयाँ ब्यवस्थापनमा आईतबार देखि सञ्चालनमा ल्याइएको हो । सुरुका दिनमा दैनिक ५ टन जुटका सामाग्री उत्पादन गर्नेगरि मिल्स सञ्चालनमा ल्याइएको प्रबन्ध निर्देशक निलहरि काफ्लेले जानकारी दिए । पुस १ गतेबाट क्षमता वृद्धि गरि दैनिक २० टनसम्म उत्पादन गर्ने लक्ष्य मिल्य व्यवस्थापनले लिएको छ पहिलो चरणमा मिल्सबाट सुतली र बोराको उत्पादन शुरु गरिएको छ । नयाँ ब्यवस्थापनमा रहेका सदस्यहरुको निजी २ करोड रुपैयाँ लगानीमा उत्पादन शुरु गरिएको निर्देशक काफ्लेले जानकारी दिए । २०७४ साल बैशाख महिनामा मिलको शेयर बिक्री पछि हाल नेपाल सरकारको ३३ प्रतिशत र बांँकी निजी क्षेत्रको लगानीमा मिल्स संचालन सुरु गरिएको काफ्लेले जानकारी दिए । नेपाल सरकारले पटकपटक गरी जुट मिल्स सञ्चालन गर्न १ सय १३ करोड रुपैया श्रृण लगानी गरिसकेको छ । लामो समय सम्म मिल्स बन्द भएपछि पछिल्लो समय मिल्सको निवास क्षेत्रमा सशस्त्र प्रहरी कार्यालय नै स्थापना गरि बसिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?