चाउचाउ बिक्रीबाट मासिक दुई लाख आम्दानी

रामपुर, पाल्पा, ५ मंसिर – रामपुरका रुद्रनारायण श्रेष्ठले चाउचाउ उद्योगबाट अहिले मनग्य आम्दानी गर्दै आएका छन एक दशक अगाडिदेखि रामपुरमा कालिका सिन्के चाउचाउ उद्योग शुरु गरेका श्रेष्ठले चाउचाउ बिक्रीबाट मासिक रु दुई लाख ५० हजारसम्म आम्दानी गर्दै आएका छन समाजमा सफल र प्रतिष्ठित उद्योगीका रुपमा उनी चिनिन्छन । रामपुरको बजार बढ्दै गएपछि अहिले सोचेभन्दा राम्रो व्यापार हुन थालेको उनको भनाइ छ । यहाँ उत्पादित चाउचाउ पाल्पा, स्याङ्जा र तनहुँका स्थानीय बजारमा खपत हुँदै आएको छ । उनले व्यवसाय बढाउँदै जाँदा अहिले यस क्षेत्रमा बाहिरबाट चाउचाउ भित्रने क्रममा कमी आएको छ “दैनिक पाँच क्विन्टलसम्म चाउचाउ बिक्री हुन्छ,” उनले भने । चाउचाउ उद्योगमा अहिले १० जनाले रोजगारीसमेत पाउनुभएको छ । उनी भन्छन, “विदेशको मरुभूमिमा गएर पसिना बगाउनुभन्दा स्वदेशमै बसेर आफ्नो पेशा व्यवसायमा निरन्तररुपमा लागे महिनामा लाखौँ रुपैयाँ कमाउन सकिन्छ ।” उनी सामाजिक कार्यमा समेत निकै सक्रिय छन शहरीकरणतर्फ उन्मुख हँुदै गरेको रामपुर बजारमा आफ्नो उत्पादन पु¥याउन उनलाई हम्मेहम्मे परेको छ । उद्योगी श्रेष्ठले जस्तै विदेश जान लागेका युवाले उद्यम गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?