Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

काेपा अमेरिका फुटबल: अर्जेन्टिना सेमिफाइनलमा प्रवेश

बिप्लव जमकटेल १४ असार २०७६, शनिबार ०९:२२
काेपा अमेरिका फुटबल: अर्जेन्टिना सेमिफाइनलमा प्रवेश
शेयर गर्नुहोस् Facebook

एजेन्सी | अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियाेगिताकाे सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको क्वार्टरफाइलमा भेनेजुएलालाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको हो । गएराति अर्जेन्टिनाको जितमा लौटारो मार्टिनेज र जिओभानी लाे सेल्साेले एक-एक गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले १०औं मिनेटमा खाता खोलेको थियो । अर्जेन्टिनाका लागि लौटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । त्यसपछि ७४औं मिनेटमा जिओभानी लोकेल्सोले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । अर्जेन्टिानको दुवै गोलमा सर्जियो एग्युरोले पास दिएका थिए । मध्यभागमा उत्कृष्ट प्रदर्शन गरेको भेनेजुएलाले गोल गर्न सकेन । भेनेजुएलाले समूह चरणको खेलमा ब्राजिललाई बराबरीमा रोकेको थियो । सेमिफाइनलमा अर्जेन्टिनाले ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो हाफमा १–० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा पनि एक गोल थपेको थियो । दोस्रो गोलमा पनि अग्युराेको भूमिका रहेको थियो । ७४ औं मिनेटमा सेल्साेले गोल थपेपछि अर्जेन्टिना २–०ले अघि बढेको थियो । एजेन्सी

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।