Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

SEE को परीक्षाफल सार्वजनिक हुँदै, टेलिकममार्फत मार्कसिटसहितको नतिजा यसरी हेर्नुहोस्

बिप्लव जमकटेल १२ असार २०७६, बिहिबार १२:१५
SEE को परीक्षाफल सार्वजनिक हुँदै, टेलिकममार्फत मार्कसिटसहितको नतिजा यसरी हेर्नुहोस्
शेयर गर्नुहोस् Facebook

काठमाडौं । नेपाल टेलिकमले एसईई (SEE) परीक्षाको नतिजा सहज रुपले थाहा पाउनका लागि विभिन्न सेवाहरु उपलब्ध गराएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित गरेको केही समयपछि नै नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट seesymbol No.टाइप गरी १६०० मा सन्देश पठाउनु पर्दछ ।

यसरी सन्देश पठाउँदा अंक मात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अग्रेजी अक्षरसहित लेख्नुपर्छ ।

यो बाहेक १६०० मा कल गरेर पनि एसईईको नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिने छ । यसरी १६०० मा कल गर्दा दिइएको निर्देशन अनुसार आफ्नो Symbol Number थिचेर नतिजा थाहा पाउन सकिने टेलिकमले जनाएको छ ।

यसका साथै नेपाल टेलिकमको वेबसाइट http://see.ntc.net.np मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।

यसमार्फत मार्कसिट समेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ ।

राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशित गरेको केही समयपछि नै माथिका सेवा प्रयोग गरी नतिजा हेर्न सकिने टेलिकमले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।