काठमाडौँ, २९ कात्तिक । यस वर्षको बाला चतुर्दशीका लागि पशुपतिनाथ मन्दिरमा सबै तयारी पूरा भएको छ कात्तिक ३० गते बिहीबार साँझ दिवंगत पितृको सम्झनामा आफन्तजनबाट रातभर दीपप्रज्वलन गरी भोलिपल्ट मंसिर १ गते शुक्रबारका दिन सत्विजारोपण व्यवस्थित रुपमा गर्न तयारी पूरा भएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवंगत पितृको स्मरणमा बत्ती बाली चतुर्दशीका दिन बिहान सत्वीज छर्ने परम्परा रहेको छ । मन्दिर प्राङ्गणको चारैढोका र पश्चिम मूल ढोकासहित बाहिरी परिसरको प्रवेशद्वारमा दीपप्रज्वलन गरी राख्ने व्यवस्था मिलाइएको कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो बत्ती बाल्न र रातभर जाग्रामका लागि पालभित्र र उपलब्ध हुनसक्ने अन्य स्थानसमेत कोषको तर्फबाट निःशुल्क उपलब्ध गराइने भएको छ । कसैले पनि शुल्क उठाउन नपाउने गरी निर्देशन गरिएको सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए “रातभर बत्ती कुरेर बस्न नसक्नेका लागि रु एक हजार तिरी कोषले नै कर्मचारी खटाई विगतमा झैँ बत्ती बाल्ने व्यवस्था मिलाइएको छ । मन्दिर प्राङ्गण, मुख्य क्षेत्रभित्र र ढुंगा छापेको, पिच गरेको स्थानमा सत्बीज नर्छन् र सकेसम्म उम्रने खाली ठाउँमा मात्र छर्न भक्तजनलाई अनुरोध गरिएको छ”– ढकालले भने । यस अवसरमा माद्यक पदार्थ एवं नशालु पदार्थ बिक्री वितरण तथा उपभोग गर्न निषेध गरिएको छ मेलाका लागि एकीकृत सुरक्षा संयन्त्रअन्तर्गत नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी एक हजार १०० को संख्यामा परिचालन गरिने प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिए । बाला चतुर्दशीका लागि नेपाली सेनाको समेत विशेष सहयोग लिइने छ बालाचतुर्दशीमा कैलाश डाँडामा मात्र बजार राख्न पाउने, वाग्मती नदीमा अस्थायी पुल र शौचालय एवं घुम्ती शौचालयको व्यवस्था गरिएको कोषले जनाएको छ । आर्यघाटतर्फको १ र २ नं चिता कात्तिक ३० एवं मंसिर १ गते दुई दिन बन्द गरिने भएको छ यस वर्षको महाशिवरात्रि अघि नै पशुपति क्षेत्रलाई चम्किलो बनाइने उहाँको प्रतिबद्धता थियो मेला अवधिभर प्रहरी शिविरसँगै एम्बुलेन्ससहितको स्वास्थ्य शिविर राखी प्राथमिक उपचारको व्यवस्था मिलाइने भएको छ । खानेपानी तथा नुहाउने व्यवस्था गर्न कोषले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरी आवश्यक व्यवस्था मिलाउँदै छ ।कैलाशडाँडा, उमाकुण्ड, गौरीघाट, किराँतेश्वर, वनकाली, आर्यघाट, मृगस्थली, विश्वरुपलगायत जंगलमा पर्ने सत्बीज मार्ग एवं नमोबुद्ध समेतमा पर्याप्त बत्तीको व्यवस्था गरिएको र त्यसका लागि नेपाल विद्युत् प्राधिकरणको सहयोग लिई विद्युत् भार कटौती नहुने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ २०७४ मंसिर २ गते शनिबार बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म श्री पशुपतिनाथमा पहिरिने कवच, मुकुट, नागमणि, एकमुखे रुद्राक्ष मन्दिर प्राङ्गणमा सर्वसाधारणलाई दर्शन गराउने व्यवस्था कोषले मिलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया