संयुक्त अरब इमेरट्स (युएई) , २९ कात्तिक । सरकारको आग्रहलाई वेवास्ता गर्दै संयुक्त अरब इमेरट्स (युएई) हान्निएकी राष्ट्रपति विद्यादेवी भण्डारी त्यहाँ भेटघाटदेखि घुमघाम सम्म ब्यस्त छिन् । उनले मंगलबार अबुधावीस्थित लुभ्र संग्रहालयको अवलोकन गरेकी छिन् यस्तै भण्डारीले मंगलबार नै अबुधावीस्थित शेख जायद ग्रान्ड मस्क (मस्जिद) को अवलोकन गरिन् ।
यस्तै भण्डारीले अबुधावीस्थित शहीद स्मारकमा पुगी शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरिन् ।
राष्ट्रपति भण्डारी शहीद स्मारक पुग्दा उहाँलाई शहीदका परिवार मामिला कार्यालयका निर्देशक शेख खलिफा बिन तहनुन बिन मोहम्मद अल नेह्यानले स्वागत गरे । 
उक्त अवसरमा राष्ट्रपति भण्डारीले शहीद स्मारकमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेकी थिइन् ।
यसैगरी, राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नै अबुधावीस्थित मस्दार नगरको पनि भ्रमण गरिन् । 

यसैबीच भण्डारीसँग अबुधावीमा संयुक्त अरब इमिरेट्स (युएई) को संघीय राष्ट्रिय परिषद्का सभामुख डा अमाल अल कुबैसीले भेटवार्ता गरेका छन् ।
राष्ट्रपति भण्डारी संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा त्यहाँ पुगेकी हुन् यद्यपी उनलाई सरकारले विषम परिस्थिति देखाउँदा सो भ्रमणमा नजान आग्रह गरेको थियो । तर, सो आग्रहलाई वेवास्ता गर्दै उनी युएईजाँदा भ्रमण विवादमा समेत तानिएको छ उनी बिहिबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया