गृहमन्त्रीबिनै बन्दै छ सुरक्षा रणनीति

काठमाडौं, २७ कात्तिक- आगामी १० र २१ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन मिति नजिकिँदै गर्दा गृहमन्त्रीको उपस्थितिबिनै सुरक्षा रणनीति र क्षेत्रीय सुरक्षा गोष्ठी हुन थालेका छन् तत्कालीन गृहमन्त्री जनार्दन शर्मालाई बिनाविभागीय बनाइपछि हाल प्रधानमन्त्री शेरबहादुर देउवाले आफैंसँग राखेको गृह मन्त्रालयमा उनी एकपटक पनि पुग्न भ्याएका छैनन् गृहमन्त्री अनिवार्य उपस्थित हुने मन्त्रालयले आयोजना गरेको सुरक्षा गोष्ठीमा उनको उपस्थिति छैन । तीन दिनअघि पोखरामा सम्पन्न भएको प्रदेश ४ र ५ को विशेष सुरक्षा गोष्ठी पनि विभागयी मन्त्रीको उपस्थितिबिनै सम्पन्न भयो सुरक्षा गोष्ठीमा यसअघि मन्त्रीको उपस्थिति मात्रै होइन, उनको निर्देशनलाई महŒवका साथ हेरिन्थ्यो । सुरक्षा गोष्ठीमा निर्वाचन आयुक्त, गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, प्रवक्ता नारायणप्रसाद दवाडी, तीनवटै सुरक्षा निकायका प्रमुख, क्षेत्रीय प्रशासकहरू, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रमुख जिल्ला अधिकारीहरू, जिल्ला प्रहरी प्रमुखहरूको मात्रै उपस्थिति रह्यो विभागीय मन्त्रीको उपस्थितिलाई सुरक्षा गोष्ठीमा अनिवार्य नठानिए पनि आयुक्तले दिएको निर्देशनलाई पालना गर्नुपर्ने अवस्था सिर्जना भएको छ, राजधानी दैनिकमा खबर छ  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?