रिद्धि सिद्धि सिमेन्टको ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ योजना सार्वजनिक

लोकपथ
0
Shares

काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले घर निर्माणको शुभारम्भलाई विशेष र स्मरणीय बनाउने उद्देश्यले ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ विशेष योजना सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत रिद्धि सिद्धि सिमेन्ट प्रयोग गर्ने ग्राहकले आफ्नो निर्माण साइट दर्ता गरी ५ ग्राम चाँदीको सिक्कासहित शिलान्यासका लागि आवश्यक पूजा सामग्री समावेश गरिएको ‘शिलान्यास बक्स’ प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार नेपाली परम्परा, आस्था र संस्कृतिसँग घर निर्माणको पहिलो चरणलाई जोड्ने उद्देश्यले यो योजना ल्याइएको हो ।

योजनामा सहभागी हुन ग्राहकले उपलब्ध गराइएको क्यूआर कोड स्क्यान गरी रजिस्ट्रेसन फारम भर्नुपर्नेछ । साथै, कम्तीमा १०० बोरा रिद्धि सिद्धि सिमेन्ट खरिद गरेको भ्याट बिलसमेत अपलोड गर्नुपर्नेछ ।

प्रत्येक निर्माण साइटले एउटा मात्र शिलान्यास बक्स प्राप्त गर्नेछन् । ग्राहकको सहभागिता भ्याट बिलका आधारमा प्रमाणीकरण गरिनेछ भने कम्पनीका प्रतिनिधि स्वयं निर्माण साइटमा पुगेर शिलान्यास बक्स र चाँदीको सिक्का हस्तान्तरण गर्नेछन् ।

मंसिर ४ देखि पुस ४ गते, २०८३ सम्म रिद्धि सिद्धि सिमेन्ट खरिद गर्ने ग्राहकले यस योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।

‘गुणस्तरको नयाँ स्तर’ भन्ने प्रतिबद्धतासहित ग्राहकसँगको सम्बन्ध थप सुदृढ बनाउने र निर्माण यात्राका महत्वपूर्ण अवसरलाई विशेष बनाउने उद्देश्यले योजना ल्याइएको कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?