काठमाडौं । स्थानीय बजारमा आज शुक्रबार सुनको मूल्यमा निकै गिरावट आएको छ ।
आज शुक्रबार सुनको मूल्य तोलामै १२ हजार २०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला दुई लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला दुई लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला तीन हजार ३३५ रूपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार तीन हजार ११० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय २५ रूपैयाँ घटेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया