सीआईबीले भन्यो– ‘एकनारायण अर्याललाई पक्राउ गरिएको छैन’

लोकपथ
0
Shares

काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ नपरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ ।

बिहीबार पक्राउपुर्जी जारी भएपछि शुक्रबार बिहानै सीआईबीको टोलीले उनलाई पक्राउ गरेको खबर बाहिरिएको थियो । तर सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपशमशेर जबराले हालसम्म पक्राउ नपरेको बताए ।

‘सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म त्यही कुरा देखेँ, तर पक्राउ परेको होइन,’ उनले भने ।

मलेशिया जाने नेपाली श्रमिकहरुमाथिको ठगी प्रकरणमा मुछिएका अर्यालविरुद्ध बिहीबार पक्राउपुर्जी जारी भएको थियो ।

त्यसो त सोही प्रकरणमा बुधबार राति २ मन्त्रीसहित ६ जनालाई पक्राउ परेका थिए । त्यस्तै बिहीबार समेत केही व्यक्तिहरुलाई पक्राउ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?