११ दिने चीन भ्रमणमा निस्कियो रास्वपाको जम्बो टोली

लोकपथ
0
Shares

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय टोली ११ दिने चीन भ्रमणमा गएको छ । पार्टी महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको टोली आइतबार चीन प्रस्थान गरेको हो ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणामा रास्वपाको टोली चीन गएको हो । भ्रमणका क्रममा टोलीले ११ दिन चीनमा बिताउनेछ ।

भ्रमण टोलीमा महामन्त्री आचार्यसहित सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी र सांसदहरू सहभागी छन् ।

टोलीमा सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा.आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा.धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा.राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा रहेका छन् ।

चीन भ्रमणमा निस्किएको टोलीलाई रास्वपाका प्रवक्ता जगदीश खरेलले विमानस्थल पुगेर बिदाइ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?