छठले सबै नेपालीमा सद्भाव र एकताको भावना बढाउने गगन थापाको विश्वास

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले छठ पर्वले सबै नेपालीमा आपसी सद्भाव, सामाजिक एकता र नयाँ आशा जगाउने विश्वास व्यक्त गरेका छन् ।

छठ पर्व २०८३ को अवसरमा आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको शुभकामना दिएका हुन् ।

थापाले छठ पर्वलाई सूर्यको पूजा, प्रकृतिप्रतिको सम्मान र कृतज्ञताको पर्वका रूपमा व्याख्या गरेका छन् । उनले छठको सम्बन्ध प्राचीन वैदिक परम्परासँग रहेको उल्लेख गर्दै ऋग्वेदमा उषा देवीको स्तुति गरिएको स्मरण गरेका छन् ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइने छठ पर्वले प्रकृतिको सम्मान गर्न, जीवनप्रति कृतज्ञ हुन र अन्धकारबाट उज्यालोतर्फ अघि बढ्न प्रेरणा दिने उनको भनाइ छ ।

थापाले छठी मैयाको कृपाले सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र राम्रो स्वास्थ्य कायम रहोस् भन्ने कामनासमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?