सिटिजन्स बैंकका ग्राहकलाई द चौतारीमा ७ प्रतिशतसम्म छुट

लोकपथ
0
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले दरबारमार्गस्थित द चौतारी हस्पिटालिटी ग्रुपमा खाना तथा पेय पदार्थ खरिद गर्दा ७ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

यससम्बन्धी समझदारीपत्रमा सिटिजन्स बैंक र द चौतारी हस्पिटालिटी ग्रुप प्राइभेट लिमिटेडबीच हस्ताक्षर भएको हो ।

समझदारीअनुसार बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले द चौतारीमा उपलब्ध खाना तथा पेय पदार्थमा ७ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगदरहित कारोबार र डिजिटल भुक्तानी प्रणालीको प्रयोग बढ्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले समय–समयमा विभिन्न ग्राहकमैत्री सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ ।

डिजिटल कारोबार गर्दा प्राप्त हुने छुटसम्बन्धी विस्तृत जानकारी बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको बैंकले जनाएको छ ।

सिटिजन्स बैंकले बैंकिङ सेवालाई थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले विभिन्न नयाँ सेवा सञ्चालनमा ल्याउँदै आएको छ । बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो ।

त्यस्तै, युवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म र फ्रिलान्सरलाई लक्षित ‘फ्रिलान्सर सेभिङ अकाउन्ट’ पनि सञ्चालनमा ल्याएको छ ।

यसका साथै मोबाइल बैंकिङ एपबाटै शेयर आवेदन तथा सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा र अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने क्रस बैंक टेलर सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?