प्लेअफमा पुग्न काठमान्डु र सुदूरपश्चिम भिड्दै, टस जितेर काठमान्डुले रोज्यो बलिङ

लोकपथ
21
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेलमा काठमान्डु गोर्खाजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । काठमान्डुले टस जितेपछि सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

आजको खेल जित्ने टोली प्लेअफमा प्रवेश गर्नेछ। त्यसैले दुवै टोलीका लागि यो खेल महत्वपूर्ण रहेको छ ।

आजको खेलमा दुवै टोलीले आफ्नो पहिलो रोजाइमा दुई(दुई खेलाडी परिवर्तन गरेका छन् ।

सुदूरपश्चिमले अभिनाश बोहराको स्थानमा दीपक बोहरालाई मौका दिएको छ । यस्तै, सैफ जैबको स्थानमा फाबियन एलन पहिलो रोजाइमा परेका छन् ।

यता काठमान्डुले पनि दुई खेलाडी परिवर्तन गरेको छ । अष्ट्रेलिया फर्किसकेका डेभिड वार्नर र विलियम बोसिस्टोको स्थानमा श्रीलंकाका दुसान हेमन्था र अष्ट्रेलियाका साम हिजलेटले खेल्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?