एनएमबि बैंकले मंसिर २५ गते बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

लोकपथ
49
Shares

काठमाडौं । एनएमबि बैंक लिमिटेडले मंसिर २५ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले उक्त सभामा सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेस गर्ने भएको छ ।

साथै, एनएमबिको अविमोच्य असञ्चिति अग्राधिकार सेयरका लागि ८.२५ प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । त्यस्तै, सभामा लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि छलफल तथा पारितका लागि पेस गरिने बैंकले जनाएको छ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर ११ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार मंसिर १० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार भई कायम रहेका सेयरधनीले साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?