देउसी भैलोको क्रममा अमर्यादित गतिविधि देखिए तत्काल कारबाही हुन्छ : गृहमन्त्री गुरुङ

लोकपथ
35
Shares
फाइल तस्बिर

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चाडपर्वको नाममा अश्लील तथा विकृतीजन्य गतिविधि गरे कारबाही गर्ने चेतावनी दिएका छन् ।

तिहारका अवसरमा देउसी भैलोको क्रममा हुने अमर्यादित क्रियाकलापबारे गृहमन्त्रालय गम्भीर रहेको समेत बताए ।

साथै त्यस्ता गतिविधिमा संलग्नहरुलाई तत्काल कानुनी कारबाही गरिने गृहमन्त्री गुरुङको चेतावनी रहेको छ ।

‘चाडपर्वको नाममा हुने अश्लील तथा विकृत गतिविधिप्रति गृह मन्त्रालय पूर्ण रूपमा गम्भीर छ । हाम्रो मौलिक परम्परा र सांस्कृतिक मर्यादालाई आँच आउने गरी देउसी भैलो मनाउने क्रममा हुने अमर्यादित क्रियाकलापलाई कानुन बमोजिम निर्ममतापूर्वक नियन्त्रण गरिनेछ,’ गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् ।

नेपाली संस्कार र संस्कृति जोगाउनका लागि कुनै अमर्यादित क्रियाकलाप भए तत्काल नेपाल प्रहरीको १०० नम्बरमा सम्पर्क गर्न समेत भनेका छन् ।

‘…यस्ता गतिविधि देखिए तत्काल प्रहरीको १०० मा खबर गर्नुहुन अनुरोध गर्दछौँ, हामी आफ्नो संस्कार जोगाउन प्रतिबद्ध छौँ,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?