काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदामा बसको ठक्करबाट स्थानीय ७७ वर्षीय लखन अहिरको मृत्यु भएको छ ।
तौलिहवाबाट बहादुरगञ्जतर्फ गैरहेको गरेको लु १ ख ९७२६ नम्बरको बसले हुलाकी सडकमा पैदलयात्रामा रहनुभएका अहिरलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि उहाँलाई कपिलवस्तु अस्पताल तौलिहवा लगिएकामा अस्पतालले मृत्यु भइसकेको घोषणा गरेको थियो । पैदलयात्रुलाई ठक्कर दिने बस प्रहरीले नियन्त्रणमा लिए पनि चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया