काठमाडौं । पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन नेपाल आयल निगमले तिहारसहित सार्वजनिक बिदाका दिनमा पनि आफ्ना डिपो खुला राख्ने भएको छ ।
चाडपर्वका समयमा उपभोक्तालाई पेट्रोलियम पदार्थको अभाव हुन नदिन निगमले स्थानीय आवश्यकताअनुसार विभिन्न डिपो तथा प्रादेशिक कार्यालय सञ्चालनमा राख्ने निर्णय गरेको हो ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार विराटनगर, अमलेखगन्ज, थानकोट, पोखरा, भैरहवा, सुर्खेत, धनगढी, नेपालगन्ज, दाङ, जनकपुर, चारआली, वीरगन्ज र दिपायलस्थित डिपो तथा प्रादेशिक कार्यालय खुला रहनेछन् ।
निगमले सार्वजनिक बिदाका दिनमा समेत डिपो सञ्चालन गर्ने व्यवस्था मिलाएपछि तिहारका बेला पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया