काठमाडौंसहित पाँच सहरमा चेरी क्यूको डेलिभरी सुरु

लोकपथ
21
Shares

काठमाडौं । नेपालमा चेरी क्यू इलेक्ट्रिक एसयूभीको डेलिभरी सुरु भएको छ । नेपालका लागि चेरीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले देशका प्रमुख सहरमा एकैसाथ डेलिभरी सुरु गरेको हो ।

कम्पनीका अनुसार काठमाडौंसहित चितवन, बिर्तामोड, बुटवल र विराटनगरमा चेरी क्यूको डेलिभरी सुरु गरिएको छ ।

चेरी क्यूमा ४१.२ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ । कम्पनीका अनुसार यसले एकपटक फुल चार्ज गर्दा ४०० किलोमिटरसम्म रेन्ज दिन्छ ।

यस इलेक्ट्रिक एसयूभीमा ५४० डिग्री क्यामेरा, १८५ एमएम ग्राउन्ड क्लियरेन्स र ७० लिटर क्षमताको विद्युतीय फ्रङ्क दिइएको छ । साथै, यसमा १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र २० भन्दा बढी एडास (ADAS) सुविधा रहेका छन् ।

आधुनिक सहरी जीवनशैलीलाई लक्षित गरी तयार गरिएको चेरी क्यूमा आकर्षक डिजाइनसँगै विभिन्न आधुनिक प्रविधि र सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?