चक्रवात ‘अर्नब’ कमजोर बन्दै, नेपालमा ठूलो हावाहुरीको सम्भावना कम

लोकपथ
77
Shares

काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर भएको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार अहिले यो चक्रवात कमजोर भएर बलियो न्यून चापीय क्षेत्रका रूपमा रहेको छ । त्यसैले नेपालमा तीव्र हावाहुरी चल्ने सम्भावना कम रहेको छ ।

विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार चक्रवातको प्रभावले नेपालका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ । पूर्वी नेपालमा भने अन्य क्षेत्रको तुलनामा केही बढी वर्षा हुने सम्भावना छ ।

उनका अनुसार चक्रवातको प्रभाव बिहीबार र शुक्रबारदेखि शनिबारसम्म रहने अनुमान छ । बिहीबार बेलुकादेखि उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात सुरु हुन सक्ने भएकाले त्यहाँका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

त्यस्तै, पहिरो जाने सम्भावना भएका क्षेत्र, जोखिमपूर्ण सडक र कच्ची सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउनुपर्ने मौसमविद् पोखरेलले बताइन् । यद्यपि, राम्रा राजमार्गमा यात्रा गर्न डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?