काठमाडौं । आज आइतबार सुनचाँदीको भाउ ह्वात्तै घटेको छ ।
शुक्रबारको तुलनामा सुनको मूल्य तोलाको ११ हजार ७०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार एक तोला सुनको मूल्य २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार २ लाख ९० हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।
यता, चाँदीको मूल्य तोलाको २३० रूपैयाँले घटेर ३ हजार ९५५ रुपैयाँ कायम भएको छ । यस अघि शुक्रबार एक तोला चाँदीको मूल्य ४ हजार १८५ रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया