काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुलातर्फ गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठले अग्रता लिएका छन्् । ३५ वर्षमुनिका युवा खुलातर्फ ई. सुवास पौडेलले फराकिलो अग्रता बनाएका छन् ।
१ हजार ९८६ मत गणना हुँदा गण्डकी प्रदेश खुलातर्फ किरणबाबु श्रेष्ठले ७७२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी विष्णु पौडेल (दारी) ले ७०१ मत पाएका छन् । त्यस्तै महेन्द्रध्वज जीसीले ६४२, रेशमबहादुर बानियाँले ६३१, जितप्रकाश आले मगरले ६१४ र खुमाप्रसाद अर्यालले ५९७ मत प्राप्त गरेका छन् ।
यसैगरी भेषबहादुर पौडेलले ५२१, सुशील तिमल्सेनाले ४९४ र गोविन्दबहादुर रानाभाटले ४३१ मत पाएका छन् ।
गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य महिला समूहमा सरस्वती अर्याल तिवारीले अग्रता लिएकी छन् । उनले ८१९ मत प्राप्त गर्दा ओमकला गौतमले ५८९ र रविकला खनालले ४६४ मत पाएका छन् ।
३५ वर्षमुनिका युवा महिलातर्फ डा. कला पन्तले १ हजार १४० मत प्राप्त गरेकी छन् । उनकी प्रतिस्पर्धी एलिजा ढकालले ८०४ मत पाएकी छन् ।
युवा खुलातर्फ ई. सुवास पौडेलले १ हजार २८२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी ई. चेतराज कँडेल (सुजन) ले ६२८ मत पाएका छन् । यस समूहमा पौडेलले ६५४ मतको अग्रता बनाएका छन् ।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया