नेपालबाट पूर्ण रुपमा बाहिरियो यस वर्षको मनसुन

लोकपथ
0
Shares

काठमाडौं । यस वर्षको मनसुन आजदेखि मुलुकका सम्पूर्ण भूभागबाट बाहिरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबारबाट मनसुन बाहिरिएको जनाएको छ ।

यही असोज १७ गतेदेखि मनसुन बाहिरिन सुरु भएको मनसुन विगतको तुलनामा १२ दिन ढिलो गरी आजदेखि पूर्ण रूपमा बाहिरिएको हो ।

मनसुन बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव भने कायम रहेको महाशाखाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?