माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

लोकपथ
14
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बुधबार पोखरामा सम्पन्न २८औँ वार्षिक साधारण सभाले लाभांश ३ प्रतिशत नगद र ३ प्रतिशत बोनश शेयर गरी ६ प्रतिशत (करसहित) लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बोनस शेयर वितरण पश्चात बैंकको कुल साधारण चुक्ता पुँजी १२ अर्ब ४५ करोड पुग्नेछ भने अग्राधिकार सेयर सहित बैंकको चुक्ता पुँजी १५ अर्ब ४५ करोड पुग्ने बैंकले जनाएको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९५ करोड खुद नाफा आर्जन गरी प्रतिशेयर आम्दानी १६ रुपैयाँ १७ पैसा कायम गरेको थियो ।

उक्त साधारण सभाले बैंकको संस्थापक शेयरधनीहरूको तर्फबाट रोशन के.सी, मुकुन्द महत तथा कृति महतोलाई निर्विरोध निर्वाचित गरेको छ भने सर्वसाधारण शेयर धनीको तर्फबाट विश्व प्रकाश गौतमलाई निर्विरोध निर्वाचित गरेको ।

त्यसपश्चात बसेको बैंक संचालक समितिको बैंठकले बैंक संचालक समितिको अध्यक्ष पदमा आगामी ४ वर्षे कार्यकालका लागि रोशन केसीलाई पुनः नियुक्ति गर्ने निणर्य गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?