कुमारी बैंकको २६औँ वार्षिक साधारण सभा सम्पन्न, २ प्रतिशत लाभांश पारित

लोकपथ
0
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको साधारण सभा आज (असोज २८ गते) काठमाडौंस्थित सुवर्णशमशेर सडकमा रहेको सिल्भर ओक ब्याङ्क्वेट एन्ड इभेन्ट्समा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा सोही आर्थिक वर्षको असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाबलगायत वित्तीय विवरण पारित गरेको छ ।

त्यसैगरी, सभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरिएको करसहित कुल २.१०५३५ प्रतिशत लाभांश पनि पारित गरेको बैंकले जनाएको छ ।

२५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर रहेका २७९ शाखा, २९४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।

बैंकले आगामी दिनमा पनि ग्राहकलाई थप सरल, सुलभ र उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्न विभिन्न सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?