ग्यास सिलिन्डर साट्ने ठाउँ खोज्दै हुनुहुन्छ ? यी हुन् ११ केन्द्र

लोकपथ
301
Shares
ग्यासको सांकेतिक तस्बिर

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले ग्यास सिलिन्डर साट्ने केन्द्रको संख्या बढाएर ११ पुर्‍याएको छ । संघले आजदेखि थप पाँच ठाउँमा सिलिन्डर साट्न सकिने व्यवस्था मिलाएको हो ।

यसअघि ६ वटा केन्द्रबाट सिलिन्डर साट्न पाइने व्यवस्था थियो । अब काठमाडौंको बुढानीलकण्ठ, कलंकी, खसीबजार र सतुंगल तथा ललितपुरको हरिसिद्धिमा पनि सिलिन्डर साट्न सकिनेछ ।

संघका अनुसार बुढानीलकण्ठको चपलीमा भानु ग्यास, ललितपुरको हरिसिद्धिमा नेपाल र एचपी ग्यास, कलंकीमा गीता ग्यास, खसीबजारस्थित नरके ट्रेडर्समा सीताश्री ग्यास र सतुंगलमा श्रीमाया ग्यास साट्न पाइनेछ ।

ग्यास सिलिन्डर बिहान ११ बजेदेखि दिउँसो ४:३० बजेसम्म साट्न सकिने व्यवस्था गरिएको छ । यो सुविधा असोज ३० गतेसम्म उपलब्ध हुने संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?