कांग्रेस महाधिवेशन : महामन्त्रीमा ठूलो अन्तरसहित प्रदीपको अग्रता, कसको कति मत ?

लोकपथ
1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत पदाधिकारीमध्ये महामन्त्री र उपसभापतिको मतगणना जारी रहेको छ ।

जारी मतगणना अनुसार महामन्त्रीमा प्रदीप पौडेलले ठूलो अग्रतासहित लिड गरिरहेका छन् ।

यो समाचार तयार पार्दासम्म पौडेलले १ हजार ३ सय ७० मत प्राप्त गरेका छन् । उनलाई उदयशमशेर राणाले पच्छाइरहेका छन् । यो समाचार तयार पार्दासम्म राणाले ७८३ मत प्राप्त गरेका छन् । तेस्रोमा अमरसिंह पुन र चौथोमा डा. शुनिल शर्मा देखिएका छन् ।

पुनले ६८७ र शर्माले ५३९ मत प्राप्त गरेका छन् ।
कांग्रेस महामन्त्रीमा ३ जना प्रत्यक्ष निर्वाचित हुनेछन् ।

खुलामा २ जना निर्वाचित हुँदा महिलामा १ जना गरी ३ जना निर्वाचित हुने पछिल्लो व्यवस्था रहेको छ ।

यता महिलातर्फ महामन्त्रीमा डा. डिला संग्रौला पन्त, महालक्ष्मी उपाध्याय डिना र रीता खनाल प्रतिष्पर्धामा रहेका छ्न । डिला र डिनाबिच चर्को प्रतिष्पर्धा हुँदा रीता भने निक्कै पछाडी रहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?