आजबाट अग्रिम टिकट बुकिङ, नयाँ बसपार्कमा भीड

लोकपथ
0
Shares

काठमाडौं । दशैँ नजिकिएसँगै घर जान टिकट काट्नेहरुको भीड लाग्न थालेको छ ।

काठमाडौंस्थित नयाँ बसपार्कमा दशैँमा घर जानका लागि अग्रिम बस टिकट बुकिङ गर्न यात्रुहरूको भीड लागेको छ ।

दशैँका लागि शुक्रबारदेखि टिकट बुकिङ खुला गरिएको छ । त्यससँगै यात्रुहरू टिकट काट्न बसपार्क पुगेका छन् ।

यात्रुलाई सहजीकरण गर्न बसपार्कमा नागरिक सहायता कक्षसमेत सञ्चालनमा ल्याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?