दशैँअघि बाढीपहिरोले अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी

लोकपथ
14
Shares

काठमाडौं । दशैँनजिकिँदै गर्दा सरकारले बाढीपहिरोका कारण अवरुद्ध मुख्य सडक मर्मत तथा पुनःनिर्माण गरी चाडपर्वअघि नै सञ्चालनमा ल्याउने तयारी तीव्र पारेको छ ।

सडक विभागले बाढीपहिरोबाट क्षतिग्रस्त राजमार्ग तथा सडकको मर्मत तथा पुनःस्थापनाको काम तीव्र गतिमा अघि बढाएको जनाएको छ ।

सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार भोटेकोशी बाढीबाट प्रभावित रसुवासहित नुवाकोट, धादिङ, चितवन र गोरखाका सडकमा मर्मत तथा पुनःस्थापनाको काम भइरहेको छ ।

दसैंका बेला सर्वसाधारणको आवतजावत सहज बनाउने उद्देश्यले अवरुद्ध सडकलाई चाडपर्वअघि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको विभागले जनाएको छ ।

बाढीपहिरोका कारण क्षतिग्रस्त सडकमा आवश्यकताअनुसार सडक सफाइ, अस्थायी मार्ग निर्माण, मर्मत तथा पुनःनिर्माणको काम अघि बढाइएको छ । विभागले दसैंअघि नै सकेसम्म धेरै सडक सञ्चालनमा ल्याउने गरी कामलाई प्राथमिकता दिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?