कांग्रेस केन्द्रीय सदस्यमा सलिना केसीको उम्मेदवारी, प्रचारप्रसार तीव्र

लोकपथ
77
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ ।

मंगलबार उम्मेदवारी दर्तापछि उम्मेदवारी दर्तापछि उम्मेदवारहरु भोट माग्न व्यस्त देखिएका छन् ।

१५औँ महाधिवेशनमा लागि सलिना केसीले बागमती प्रदेश युवामहिला (३५ वर्षमुनि) तर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् ।

मंगलबार राजधानीस्थित राष्ट्रिय सभागृहमा पुगेर केसीले आफ्नो उम्मेदवारी दर्ता गराएपछि प्रचरप्रसार तिव्र पारेकी छन् ।

उम्मेदवारी घोषणा गर्दै केसीले बागमती प्रदेशका युवामहिला प्रतिनिधित्वलाई सशक्त बनाउने, पार्टीभित्र युवा तथा महिलाको सहभागिता बढाउने र संगठनलाई थप गतिशील बनाउने आफ्नो प्रतिबद्धता रहेको बताएकी छन् ।

आफूले कांग्रेसको केन्द्रीय समितिमा युवा र महिलाहरुको आवाज मुखरित बनाउने भूमिका खेल्ने उदेश्यसहित उम्मेदवारी दिएको बताएकी छन् ।

लामो समय कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा काम गरेकी नेतृ केसी नुवाकोट क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?