मन्त्री बनेपछि पहिलो विदेश भ्रमणमा भारत जाँदै गृहमन्त्री गुरुङ

लोकपथ
112
Shares
फाइल तस्बिर

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ असोज २६ गते भारतको नयाँ दिल्ली जाने भएका छन् ।

बहु–क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको पहल (बिम्स्टेक) को गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन उनी भारत जान लागेका हुन् ।

गृह मन्त्रालयका अनुसार गुरुङ मन्त्री बनेपछि यो उनको पहिलो विदेश भ्रमण हुनेछ ।

बिम्स्टेकको गृहमन्त्रीस्तरीय बैठक असोज २७ गते नयाँ दिल्लीमा हुँदैछ । बैठकमा नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्याण्डका गृहमन्त्री सहभागी हुनेछन् ।

बैठकमा आतंकवाद तथा अन्तरदेशीय अपराध नियन्त्रणलगायतका विषयमा छलफल हुने बताइएको छ । यो बिम्स्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठक हो ।

गृहमन्त्री गुरुङ असोज २८ गते काठमाडौं फर्किने कार्यक्रम छ । स्वदेश फर्किनुअघि उनले भारतीय गृहमन्त्रीसँग द्विपक्षीय बैठक गर्ने तयारी भइरहेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?