हेटौंडा–ढल्केबर प्रसारण लाइनको काम अन्तिम चरणमा, दशैंलगत्तै चार्ज गर्ने तयारी

लोकपथ
35
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौंडा-ढल्केबर ४०० केभी सवस्टेशनको निरीक्षण गरेका छन् । मन्त्री श्रेष्ठले सबस्टेसनमा निर्माणाधीन हेटौंडाढल्केबर ४०० केभी प्रसारण लाइनका दुईटा मल्टिसर्किट टावरको कार्यप्रगति विवरणको ब्रिफ्रिङ लिएका हुन् ।

निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले देशको ऊर्जा मेरूदण्डका रूपमा रहेको टावरको काम समयमै सम्पन्न गर्न निर्देशन दिए । करिब १२ वर्षदेखि अड्किएको हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण लाइनको काम अगाडि बढाउन मन्त्री श्रेष्ठले मन्त्रिपरिषदबाट निर्णय गराएर प्रक्रिया अगाडि बढाएका थिए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठले १२ वर्षदेखि अड्किएको हेटौँडा ढल्केबर प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार हेटौंडा-ढल्केबर प्रसारण लाइनका १६ वटा टावरमध्ये १४ वटा डबल सर्किटको टावर निर्माण भइसकेको छ। दुईटा मल्टिसर्किट टावर अन्तिम चरणमा छ ।

‘१४ वटा टावर तयार भइसक्यो । बाँकी दुइटा टावरको कार्यप्रगति राम्रो छ । १०र१५ दिनमै तयार गरेर चार्ज गर्छौं। यसलाई ब्याक बोनको रूपमा लिएका छौँ । जसले गर्दा सप्लाईको रिलायबिलिटी एकदमै बढेर जान्छ । खपत पनि बढाउन सक्छौ भने निर्यात पनि बढाउन सक्छौं । दशैलगत्तै चार्ज गर्ने तयारी छ,’ कार्यकारी निर्देशक श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?