परीक्षामा पास गराइदिन्छु भन्दै नाबालिका छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

लोकपथ
357
Shares

काठमाडौं । आफ्नै नाबालिका विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४ घर भइ हाल रामेछाप सुनापति गाउँपालिका–५ बस्ने ४८ वर्षीय नबिन भनिने नवराज भण्डारी रहेका छन् ।

भण्डारीले १३ वर्षीया छात्रालाई परीक्षामा पास गराइदिने आश्वासन देखाइ यौन दुर्व्यवहार गर्ने गरेको खुल्न आएको छ ।

उनले छात्रालाई ललाई फकाई संवेदनशील अंगमा छुने, चिमोट्ने र फेसबुक म्यासेन्जरमा अश्लिल फोटो, भिडियो तथा म्यासेज पठाउने गरेका थिए । जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) कमल राउतका अनुसार उनले पटकपटक बाल यौन दुरुपयोग गरेको खुल्न आएको हो ।

उनलाई जिल्ला अदालत रामेछापबाट ८ दिन म्याद थप गरी अनुसन्धान भइरहेको सूचना अधिकारी राउतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?