काठमाडौं । प्रधानमन्त्री वालेन्द्र ‘बालेन’ शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग छलफल गरेका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा संसद्मा उठेका विषय, बाढीपहिरोपछि उत्पन्न अवस्था तथा विकास निर्माणका विषयमा छलफल भएको हो ।
छलफलमा १७ जना सांसद सहभागी थिए । नेपाली कांग्रेसका तर्फबाट रसुवाका सांसद मोहन आचार्य सहभागी थिए भने अन्य सांसद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का थिए ।
छलफलका क्रममा सांसदहरूले बाढीपहिरोपछि उत्पन्न अवस्थाबारे आफ्ना धारणा राखेका थिए । त्यसपछि प्रधानमन्त्री शाहले संसद्मा सांसदहरूले उठाउने विषय र त्यसले पार्ने प्रभावबारे आफ्नो धारणा राखेका थिए ।
प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूबाट औद्योगिकीकरण र देश विकासका लागि नयाँ सोच तथा रचनात्मक सुझावको अपेक्षा रहेको बताए ।
उनले संसद्मा उठेका विषय सरकार र प्रधानमन्त्री कार्यालयले सुनिरहेको भन्दै विकाससम्बन्धी नयाँ विचार भए प्रत्यक्ष रूपमा प्रधानमन्त्री कार्यालयमा राख्न सकिने बताए ।
रास्वपाका सांसद डा। राम लामाका अनुसार प्रधानमन्त्रीसँग इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूको अनुभव, सुझाव र विकास निर्माणका विषयमा छलफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया