काठमाडौं । बजारमा चर्चित पर्ने रारा चाउचाउ न्यून गुणस्तरको रहेको पाइएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनका क्रममा राराको गुणस्तर न्यून रहेको पाइएको हो ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(८) को प्रावधान बमोजिम ब्याच नं REG 01 का सबै चाउचाउमा कैफियत भेटिएको विभागले जनाएको छ ।
२०२६ फेब्रुअरी ५ मा उत्पादन भइ आगामी १२ महिना अर्थात् २०२७ फेब्रुअरी २०२७ सम्म उपभोग्य मिति राखिएको छ ।
विभागले चाउचाउ न्यून गुणस्तरको पाएपछि उक्त ब्याचका सबै चाउचाउलाई बजारबाट फिर्ता बोलाउनुका साथै तत्कालका लागि बिक्री वितरणमा समेत रोक लगाएको छ ।
न्यून गुणस्तरको पाइएको ६० ग्राम तौलको रारा तयारी चाउचाउ हिमश्री फूड प्रालि पोखराले उत्पादन तथा बिक्री गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया