काठमाडौं । नबिल बैंक लिमिटेडले १ लाख ३३ हजार ६०८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
बैंकका एक संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो ।
बैंकले संस्थापक सेयर बिक्री गर्दा विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था अनुसार उनीहरूबाट खरिद आवेदन माग गरेको छ ।
बैंकका अनुसार सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदन बैंकको केन्द्रीय कार्यालय, तिनधारा, विनामार्ग, दरबारमार्ग, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा बुझाउनुपर्नेछ ।
तोकिएको समयभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेमा प्रचलित कानुनअनुसार अन्य व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया