रामेछाप । अविरल वर्षाका कारण पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेको धुलिखेल नगरपालिका–८, जिपलाइनस्थित सडकखण्डमा आइतबार बिहान करिब ८ः५५ बजे सडक माथिबाट ढुङ्गा–माटोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पहिरोका कारण उक्त सडकखण्ड भएर काठमाडौं आवतजावत गर्ने यातायातका साधन रोकिएका छन् ।
अरनिको राजमार्ग अवरुद्ध भएपछि काठमाडौं हुँदै काभ्रेको कोसीपारी क्षेत्र, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, भोजपुरलगायत पूर्वी जिल्लातर्फ जाने सबै सवारीसाधन प्रभावित भएका छन् । विभिन्न स्थानबाट आएका तथा पूर्वतर्फ जान लागेका सवारीसाधन बाटोमै रोकिएका छन् ।
यसअघि नै बीपी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको अवस्थामा अरनिको राजमार्गसमेत बन्द भएपछि पूर्वी जिल्लातर्फ जाने यातायातका लागि थप समस्या सिर्जना भएको छ ।
बीपी राजमार्ग अवरुद्ध भएपछि दोलखा, रामेछाप, सोलुखुम्बु, ओखलढुंगा, खोटाङलगायत पूर्वी जिल्लातर्फ जाने सवारीसाधन अरनिको राजमार्ग हुँदै आवतजावत गर्दै आएका थिए। तर अरनिको राजमार्ग पनि पहिरोका कारण अवरुद्ध भएपछि काठमाडौंसँग पूर्वी जिल्लाको सडक यातायात सम्पर्क थप प्रभावित भएको छ ।
पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । लगातार वर्षा भइरहेकाले थप पहिरो खस्ने जोखिमसमेत रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया