ग्यासको कालोबजारी गरेको आरोपमा एक जना पक्राउ

लोकपथ
350
Shares

काठमाडौं । ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–६ सानागाउँका ४७ वर्षीय सरोज नेम्कुल रहेका छन् । उनलाई प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार नेम्कुलले सञ्चालन गरेको सिद्धिपुर ग्यास स्टोरमा रहेका ग्यास सिलिन्डरको सिल खोलेर ‘सबै सिलिन्डर रित्तो हो’ भन्दै ग्यास लुकाउने गरेको पाइएको छ ।

प्रहरीले उनको पसलबाट सिलसहितका दुई वटा र सिल नभएका २२ वटा भरिएका ग्यास सिलिन्डर बरामद गरेको जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?