संविधान दिवस मनाउन एमालेले दियो मातहतका कमिटीलाई निर्देशन

लोकपथ
21
Shares

काठमाडौं । नेकपा एमालेले संविधान दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरेर मनाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

एमाले महासचिव शंकर पोखरेलले बिहीबार प्रदेश, जिल्ला र पालिका कमिटीलाई पत्राचार गर्दै असोज ३ गते संविधान दिवस मनाउन निर्देशन दिएका हुन् ।

पोखरेलले संविधान दिवसका कार्यक्रमलाई रचनात्मक, भव्य र उत्साहपूर्ण बनाउन आग्रह गरेका छन् । संविधानको संरक्षण र कार्यान्वयनको सन्देश दिने गरी कार्यक्रम आयोजना गर्न उनले निर्देशन दिएका हुन् ।

एमालेले आफ्ना कमिटीलाई प्रभातफेरी, दीपप्रज्वलन, विचार गोष्ठी, सरसफाइ लगायतका कार्यक्रम आयोजना गर्न भनेको छ ।

पत्रमा भनिएको छ, ‘आ–आफ्नो क्षेत्र र स्तरमा संविधानको रक्षाको सन्देशसहित प्रभातफेरी, दीपप्रज्वलन, विचार गोष्ठी, सरसफाइ तथा अन्य रचनात्मक कार्यक्रमहरूको आयोजना गरी संविधान दिवसलाई सफल बनाउनुहुन अनुरोध छ ।’

एमालेले संविधान दिवसलाई राष्ट्रिय महत्त्वका साथ मनाउँदै संविधानको संरक्षण र कार्यान्वयनप्रति पार्टीको प्रतिबद्धता जनाउन मातहतका कमिटीलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?