काठमाडौं । केही समयदेखि प्रहरीको खोजीमा रहेका नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ गरेका छन् ।
सोमबार तामाङलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरी प्रहरी बृत्त दरबारमार्गलाई बुझाएको हो ।
उनलाई सिंहरदरबार परिसरबाटै पक्राउ गरिएको हो ।
बाढी प्रभावितमध्ये नुवाकोटको किस्पाङ गाउँपालिका पनि एक हो । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले आज बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरुसँग भेटघाट गरेका थिए । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटघाटमा गाउँपालिका अध्यक्ष तामाङ पनि सहभागि रहेका थिए । उक्त छलफलबाट बाहिरिने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
त्यसो त उनीमाथि प्रहरी बृत्त दरबारमार्गले ०८३ वैशाख २८ गते नै पक्राउको अनुमति पाएको थियो ।
बैकिङ कसुर मुद्दामा अरुण अर्यालले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गर्न अदालतले अनुमति दिएको थियो । तर उनी त्यसयता फरार रहेका थिए । तर बाढीपछि एकाएक देखा परेका तामाङलाई आज पक्राउ गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया