काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान ८ बजेसम्म १ हजार ३८६ जनाको शव फेला परेको छ ।
फेला परेका शवमध्ये रसुवामा १८५, नुवाकोटमा १९९, धादिङमा ७१, चितवनमा ३६४, गोरखामा ७७, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३० र नवलपरासी पश्चिममा २२२ जना रहेका छन् ।
नेपाल प्रहरीले शव पहिचानका लागि मृतक र आफन्तको डीएनए नमुना सङ्कलन गरिरहेको जनाएको छ । हालसम्म मृतकका १ हजार २८६ र आफन्तका १ हजार ८४६ गरी कुल ३ हजार १३२ वटा डीएनए नमुना सङ्कलन गरिएको छ ।
पहिचानको प्रक्रिया पूरा गरी हालसम्म १ हजार २३० वटा शव व्यवस्थापन गरिएको छ । पहिचान नभएका १ हजार ३५४ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ । प्रहरीले बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य जारी राखेको छ ।
त्यस्तै, विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा २ हजार ७१२ जना व्यक्तिलाई राखिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया