काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले पार्टीको महाधिवेशन र तल्लो तहका अधिवेशन सम्पन्न गर्न ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।
समूहले पाँचथरमा सूर्यकुमार दाहाल, झापामा महीन्द्रा कुमारी लिम्बु, मोरङमा भीम पराजुली र काठमाडौंमा कल्याणी रिजाललगायतका नेताहरूलाई जिम्मेवारी दिएको छ ।
सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले विज्ञप्ति जारी गर्दै महाधिवेशन सफल बनाउन सबै पक्षसँग सहयोग गर्न आग्रह गरेका छन् । उनले क्रियाशील सदस्य तथा शुभेच्छुकहरूलाई पनि अधिवेशनमा सक्रिय सहभागिता जनाउन अपिल गरेका छन् ।
भदौ १७ र १८ गते बसेको महाधिवेशन तयारी समितिको बैठकले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने निर्णय गरेको थियो ।
अधिवेशनलाई व्यवस्थित बनाउन जिल्ला, संघीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र वडा अधिवेशन तयारी समितिहरू असोज ३ गतेभित्र गठन गरिसक्नुपर्नेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया