काठमाडौं । रसुवा बाढीपछि द राइजिङ युवा क्लब प्रभावित क्षेत्रमा पुगेर उद्धार र राहतमा खटिएको छ ।
विगतदेखि नै सामाजिक कार्यमा संलग्न द राइजिङ यूथ क्लब भदौ १० को बाढीपछि थप सक्रिय बन्दै उद्धार र राहतमा निरन्तर खटिइरहेको छ ।
बाढीबाट मुख्य प्रभावित जिल्ला रसुवामा राहत वितरणसहित उद्धारको काममा समेत सहयोगी भूमिका खेलेको थियो ।

रसुवापछि नुवाकोटमा राहत, उद्धारका लागि आएको राइजिङ यूथ क्लबले स्काभेटर नै लिएर सरसफाइमा खटिएको छ ।
नुवाकोटको देवीघाटमा रहेको वृद्धाश्रम बाढीका यतिका दिनसम्म पनि पानी जमेको अवस्थामा थियो । राइजिङ युवा क्लबले आफैँ स्काभेटर लगेर हिलो पन्छाउने, बाटो खोल्ने काम गरेको राइजिङ क्लबका अध्यक्ष सुरेश डंगोलले जानकारी दिए ।
‘देवीघाटको वृद्धाश्रममा बाढीको यतिका दिनसम्म अलपत्र परेको अवस्थामा थियो । हामीले स्काभेटर ल्याएर यहाँको हिलो पन्छाउने काम गर्र्यौँ,’ उनले भने ।

यति मात्र होइन बाढी पसेका तर बस्न योग्य घरहरुमा सरसफाइको काममा समेत आफूहरु सक्रिय भएर काम गरिरहेको उनले बताए ।
‘यो बेला कसले गर्यो, कसले गरेन भनेर आलोचना गर्ने समय होइन । आफूले सकेको सहयोग गर्ने समय हो ।
बाढीपछि राइजिङ युवा क्लबका हामी साथीहरु मिलेर उद्धार र राहतको काममा खटिएका छौँ । कतिपय ठाउँमा आफैँले स्काभेटर ल्याएर उद्धारको काम गरिरहेका छौँ, कतिपय स्थानमा बेल्चा साबेल चलाएर समेत सरसफाइको काम भइरहेको छ,’ अध्यक्ष डंगोलले भने ।

अहिले मात्र होइन विगतदेखि नै विपदमा राइजिङ युवा क्लबले सक्रियता देखाउँदै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया