काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राजनीतिमा नयाँ पुस्ता सिक्न नभई सिकाउन आएको दाबी गरेका छन् ।
जेनजी शहीद दिवसका अवसरमा जेनजी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले नयाँ पुस्ता पुरानो राजनीतिक शैली सिक्न नभई त्यसलाई सच्याउन आएको बताए ।
नयाँ पुस्ताको सरकारले पुरानो राजनीतिक संस्कारलाई परिवर्तन गर्ने उनको दाबी छ ।
वर्तमान सरकारले जनतालाई शासन गर्ने नभई सेवा गर्ने राजनीतिक संस्कार विकास गर्ने बताउँदै उनले पुरानो पुस्ताले जनतामाथी राज मात्रै गरेको उल्लेख गर्दै उनले नयाँ पुस्ताले जनाको सेवा गर्ने बताए ।
उनले नयाँ पुस्ता सरकारमा टिका लगाएर नभई निर्वाचनमा दुईतिहाई मत ल्याएर आएको बताए ।
उनले भने, ‘हाम्रो भविष्य हामी आफैँ कोर्ने वाला छौं, अरुलाई कोर्ने दिने वाला छैनौँ । आफ्नो फ्युचर आफ्नो भविष्य आफ्नै हातले कोर्ने वाला छौँ । राजनीति हामी सिकाउन आएको, सिक्न आएको होइन । तपाईंहरूको राजनीतिले हाम्रो जनतालाई राज गर्न सिकायो । यो युवाहरूको पुस्ताको सरकार हो हामी सेवा गर्न सिकाउँछौँ । यही हो राजनीति नयाँ राजनीति । संस्कार भन्नुहुन्छ ट्रेडिसन, परम्परा भनेर भन्नुहुन्छ । हामी त्यही संस्कार परिवर्तन गर्न आएको, तपाईंको संस्कार भएन भनेर हामी आएको, हामी लड्न आएको र यत्तिकै हामीलाई टीका लगाएर हामी आएको होइन । चुनाव लडेर, जितेर तपाईंहरूलाई दुई तिहाइको बहुमत ल्याएर देखाएर आएको सरकार हो । चेतना भया । म सम्पूर्ण नेतागणहरूलाई जसले आफ्नो, आफूलाई राजनीतिमा हामी धेरै परिपक्व छौं भनेर हामीलाई भाषण सुनाउनुहुन्छ उहाँहरूलाई भन्न चाहन्छु, सन्देश दिन चाहन्छु यही मञ्चबाट, त्यो संस्कार भत्काउन आएको नयाँ पुस्ताको सरकार हो ।’
उनले नेपाललाई स्वीट्जरल्याण्ड वा सिंगापुर बनाउने नभई आफ्नै पहिचानसहितको नेपाल निर्माण गर्ने बताए । उनले सरकारको कामप्रति विश्वास गर्न नागरिकलाई आग्रह समेत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया