काठमाडौं । साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुन–चाँदीको भाउ घटेको छ ।
शुक्रबार प्रतितोला दुई हजार ५०० रुपैयाँ बढेको सुनको भाउ आज तोलामा तीन हजार १०० रुपैयाँ घटेको हो । यस्तै, चाँदी पनि अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार ३०० रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार सुन प्रतितोला तीन लाख सात हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ४३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यस्तै, शुक्रबार प्रतितोला चार हजार ७६५ रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार तोलामा चार हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया