प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बर्जर पेन्ट्सकाे ५० लाख सहयाेग

लोकपथ
21
Shares

काठमाडौं । बर्जर पेन्ट्स नेपालले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीका प्रतिनिधिले कोषका लागि ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । कम्पनीले विपद्को कठिन परिस्थितिमा देश र जनताको साथमा उभिनु आफ्नो सामाजिक दायित्व भएको जनाएको छ ।

प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कम्पनीले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

२५ वर्षदेखि नेपालमा सेवा दिँदै आएको बर्जर पेन्ट्स नेपालले विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्दै समृद्ध नेपाल निर्माणमा आफ्नो योगदान जारी राख्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?