रसुवा बाढीपीडितका लागि अटोवेजद्वारा ४१ लाख रुपैयाँ सहयोग

लोकपथ
35
Shares

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि अटोवेज प्रालिले प्रधानमन्त्री राहत कोषमा ४१ लाख ११ हजार ११ रुपैयाँ सहयोग गरेको छ ।

अटोवेज प्रालिका सञ्चालक नारायण पौडेललगायतको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

पौडेलका अनुसार अटोवेज प्रालि र बुल मेसिन प्रालिको तर्फबाट २५ लाख रुपैयाँ, प्रतिभा मावि पोखराका तर्फबाट ११ लाख ११ हजार ११ रुपैयाँ तथा गोविन्द कलावती फाउन्डेसन पोखराबाट ५ लाख रुपैयाँ सहयोग गरिएको हो ।

चेक हस्तान्तरणपछि पौडेलले मुलुक अप्ठ्यारोमा परेका बेला निजी क्षेत्रले सहयोग गर्नु आफ्नो दायित्व भएको बताए ।

उनले विपद्को यस दुःखद् घडीमा सरकार, निजी क्षेत्र, संघसंस्था र आम नागरिक एकजुट भएर प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्नुपर्ने बताए ।

‘देश दुखेको बेला साथ दिनु नै हाम्रो सबैभन्दा ठूलो मानवीय कर्तव्य हो,’पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?