एनसेलका सीईओ माइकल प्याटरिक फोलेले दिए राजीनामा

लोकपथ
112
Shares

काठमाडौं । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल प्याटरिक फोलेले पदबाट राजीनामा दिएका छन् ।

फोलेले भदौ ९ गतेदेखि लागू हुनेगरी आफ्नो पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामाबारे नेपाल दूरसञ्चार प्राधिकरणलाई समेत जानकारी गराइएको एनसेलले जनाएको छ ।

नयाँ सीईओ नियुक्त नभएसम्म कम्पनीको अन्तरिम व्यवस्थापनका लागि कर्पोरेट तथा नियामक अधिकृत डिल्लीराम श्रेष्ठलाई अख्तियारी दिइएको छ ।

एनसेलका अनुसार नयाँ सीईओ नियुक्त भएपछि कम्पनीको नियमित नेतृत्वसम्बन्धी व्यवस्था अघि बढाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?