काठमाडौं । चीनले नेपाललाई बाढी तथा पहिरो प्रभावितको उद्धार र राहतका लागि २० लाख अमेरिकी डलर नगद सहयोग पठाउने भएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार चीनले राहत सामग्री बोकेका दुईवटा कार्गो विमानसँगै नेपाली सरकारलाई २० लाख अमेरिकी डलर नगद सहयोग पठाउन लागेको हो ।
चीनले सुरुङसम्बन्धी विज्ञहरूको दुईवटा टोलीसमेत नेपाल पठाउने तयारी गरेको मन्त्री खनालले जानकारी दिएका छन् । विज्ञ टोलीले बाढी तथा पहिरोबाट प्रभावित सुरुङ तथा संरचनाको अवस्था अध्ययन र आवश्यक प्राविधिक सहयोग गर्नेछ ।
यसअघि पनि विभिन्न मित्रराष्ट्रले नेपाललाई बाढी तथा पहिरो प्रभावितका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । भारतले राहत सामग्री नेपाल पठाइसकेको छ भने आवश्यक अन्य सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
सरकारले प्राप्त हुने अन्तर्राष्ट्रिय सहयोगलाई प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि परिचालन गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया